नेपालगन्जका सबै विद्यालय एक साताका लागि बन्द

अनलाईन न्युजपाटी,नेपालगंज,समाचारदाता,बैसाख ३ गते।

दश शिक्षक र पाँच विद्यार्थीलाई कोरोना देखिएपछि नेपालगन्जका सबै विद्यालयलाई एक साता बन्द गर्ने निर्णय भएको छ ।

 नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपमहानगरपालिकाले आफ्नो निर्णयलाई बिहीबार नै बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकमा जानकारी गराएको थियो ।

पछिल्लो एक सातामै बाँकेमा ३ सय ६६ जनालाई कोरोना पुष्टि भएपछि नाकामा कडाइ, भीडभाडमा रोक, विद्यालय बन्दको चर्को दबाब परेको थियो । बिहीबार बसेको डीसीसीएमसीको बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकाहरुमा आइसोलेसन सेन्टर सञ्चालन गराउने, मेडिकल कलेज, कोहलपुरमा कोभिड वार्ड सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारबाही गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *