अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख ७ गते।
आईपीएल अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले दोस्रो जित निकालेको छ ।
सोमबार राति भएको खेलमा चेन्नाइले राजस्थानलाई ४५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो । पहिलो खेलमा दिल्लीसँग पराजित भएको चेन्नाइले त्यसपछि पञ्जाव किंग्सलाई पराजित गरेको थियो ।
जितसँगै चेन्नईले ३ खेलमा ४ अंक बनाएको छ ।खेलमा चेन्नईले दिएको १ सय ८९ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि फाप डु प्लेसिसले सबैभन्दा धेरै ३३ रन बनाए ।