अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ९ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ ।
देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।
दिउँसो: देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।
राती: देशभर पहाडी भू-भागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।
हावाहुरी, चट्यांगको भय रहेकाले सतर्क रहन समेत विभागले आग्रह गरेको छ ।