जनकपुर युथ क्लबमा तालाबन्दी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ११ गते।

जनकपुरधाम उप-महानगरपालिका वडा न-७ अन्तर्गत संचालन रहेको जनकपुर युथ क्लबमा आज तालाबन्दी गरिएको छ।

नयाँ कार्यसमितिका पदाधिकारीहरुले चोरबाटोबाट गोप्य रुपमा सपथ ग्रहण गर्न लागेको भन्दै पूर्व अध्यक्ष एवं सदस्यहरुले शनिबार जनकपुरधाम–७ स्थित क्लबको कार्यालयमा तालाबन्दी गरेका छन् ।

पूर्व अध्यक्ष गोविन्द रायले जिल्ला प्रशासन कार्यालय धनुषामा आफूहरुले मुद्दा दिएको र सो मुद्दाको कुनै छिनोफानो नै नभएको अवस्थामा नयाँ कार्यसमितिले चोरबाटोबाट गोप्य रुपमा सपथ ग्रहण गर्न लागेकोले आफूहरुले तालाबन्दी गरेको बताए ।

क्लबका पूर्व अध्यक्ष गोबिन्द राय (चन्दन), मनिष झा श्रीओम, सुभाष कुमार शर्मा, पूर्व महासचिव संतोष पाण्डेय, वरिष्ठ सदस्य निरज साह (मुन्ना), पूर्व सल्लाहकार रामबहादुर साह, पूर्व सदस्य दिगम्बर झा तथा अन्य सदस्यहरुको उपस्थितिमा तालाबन्दी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *