आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १३ गते।

आईपीएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ ।

आइतबार चेन्नईमा सम्पन्न भएको खेलमा सनराईजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले चौंथो जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १५९ रन बनाएको थियो । दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

हैदरावादलाई अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको अवस्थामा केन विलियम्सन र जगदिसन सुचिता मिलेर १५ रन जोडेका थिए । विलियम्सनले अविजित ६६ रन बनाए । सुचिथले ६ बल खेल्दै अविजित १५ रन जोडे । दिल्लीका अभेस खानले ३ र अक्सर पटेलले २ विकेट लिए ।

दिल्लीका लागि पृथ्वी शले ५३ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३७, स्टिभ स्मिथले अविजित ३४ र शिखर धवनले २८ रन बनाए । हैदरावादका सिदार्थ कउलले २ र राशिद खानले १ विकेट लिए ।

सुपर ओभरमा पहिलो ब्याटिङ गर्दै हैदरावादले ७ रन जोड्यो । ८ रनको लक्ष्य दिल्लीले विना क्षती पूरा गर्दै खेल जित्यो ।

जितपछि दिल्लीले ५ खेलबाट ८ अंक जोड्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *