भारतमा एकै दिनमा थपिए ३ लाख २३ हजार भन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १४ गते।

भारतमा एकै दिनमा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना संक्रमणको कारण एक लाख ९७ हजार ८९४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि २८ लाख ८२ हजार नाघेको छ । भारतमा लगातार छैटौं दिन ३ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *