अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख १५ गते।
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ लाई एक कार्यक्रमका विच पूर्ण खोप वडा घोषणा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले अबका दिनबाट खोपविहिन बालबालबालिका नरहने र सम्पूर्ण बालबालिकाले खोप पाउने र बाटो-घाटो भन्दा धेरै ध्यान स्वास्थ्य तिर दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ l

पूर्ण खोप घोषणा कार्यक्रमका आयोजक वडा ८ र ९ का वडाध्यक्ष राममिलन चौधरी र नुर मोहम्मद मुसलमान उपस्थिति नभएपनि घोषणा कार्यक्रम निश्चित मिति मै घोषणा गर्नुपरेकाले सो कार्यक्रम आयोजना गरिएको थियो । स्वस्थ्यमा समस्या आएकोले गर्दा वडाध्यक्षद्वय राम मिलन चौधरी र नुर मोहम्मद मुसलमान उपस्थित हुन् नसकेको नगर प्रमुख रजत प्रताप शाहको भनाई छ l
घोषणा कार्यक्रममा महत्वपूर्ण सहयोग गरेका स्वास्थ्य शाखा प्रमुख,स्वयमसेविका, कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायतलाई नगर प्रमुख शाहले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै सि-अहेब – सालिक राम कहाँर र अहेब मनोज गुप्तालाई ८ र ९ नं वडालाई पूर्ण खोप वडा घोषणामा विशेष योगदान र सह्रनीय कार्य गरेको भन्दै प्रशंसा गर्नु भएको थियो l
कृष्णनगर नगरपालिका स्वस्थ्य शाखा प्रतिनिधि गीता अधिकारीले पूर्ण खोप वडा घोषणा गर्ने अवसर पाएको भन्दै खुशी ब्यक्त गर्नु भएको थियो र महिला स्वयमसेविकाहरु ले धेरै सहयोग गरेको भन्दै धन्यावाद समेत व्यक्त गर्नु भएको थियो l
शिवराज अस्पताल बहादुरगंजका मेडिकल अधिकृत डा: मुकेश कुमार चौधरीले कोरोना तीव्र रुपमा फैलिरहेकोले यसको असर कपिलवस्तुमा खतरा बढिरहेको बताउँदै कोरोना भाइरसले निम्त्याएको विपत्तीलाई सामना गर्न नेपाल सरकारको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्ने कुरामा उहाँले जोड दिनुभयो ।
इ.एस.सी प्रयोजनाका प्रतिनिधि अनेक पाण्डेले खोप स्वस्थ्यको लागि महत्वपुर्ण रहेको बताए र पाण्डेले घोषणा कार्यक्रममा महिला स्वयमसेविका हरुको महत्वपुर्ण भूमिका रहेकोले गर्दा धन्यावाद समेत व्यक्त गर्नु भएको थियो l
महिला स्वयमसेविका गौरी शाहीले २०५० वर्ष देखि निरन्तर स्वस्थ्य सेवामा लागि परेको हुनाले आज सम्मान पाउँदा खुशी व्यक्त गर्नु भएको थियो l
कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह , शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश कुमार चौधरी , शिवराज अस्पतालका निमेसु सत्य लक्ष्मी सक्य , पालिका पोषण सहजकर्ता सुआहाराका पृथीपाल तेली , स्वयमसेविका गौरी शाही , समाजसेवी अरविन्द कुमार सिंह , समाजसेवी निर्भय सिंह , समाजसेवी रामलौटन यादव , परमात्मा चौधरी, डिएस डीसीका प्रतिनिधि राज कुमार गौतम, रामदेव गुप्ता, साधना चौधरी, अनु श्रीवास्तव, अजय हरिजन, घनश्याम मौर्य, शाहदेव चौधरी, कन्हिया कश्यप, अहेब भरत कश्यप ,
कार्यक्रम श्रीराम गोरखा उच्च माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको थियो ।