भारतमा एकै दिनमा थपिए ४ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २४ गते।

भारतमा एकै दिनमा ४ लाख १४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुस्टि भएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा ४ लाख १४ हजार ४३३ जना कोरोना संक्रमित भेटिएका छन्।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३९ सय २० जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १४ लाख ८५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ३४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

सङ्क्रमितमध्ये एक करोड ७५ लाख ९७ हजारभन्दा धेरै निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *