जेठ १० गतेसम्मको लागि धनुषामा पुनः निषेधाज्ञा थप

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख ३० गते।

जेठ १० गतेसम्मको लागि धनुषामा पुनः निषेधाज्ञा थपिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ १० गतेसम्मका लागि निषेधाज्ञा जारी राख्‍ने राख्‍ने निर्णय गरिएको छ ।

वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिमा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्किन प्रशासनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *