आज थपिए ९ हजार २ सय ४७ कोरोना संक्रमित, कुल संख्या ४ लाख ६४ हजार २१८ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९ हजार २ सय ४७ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ४ लाख ६४ हजार २१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या तीन लाख ५५ हजार २२३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थप २१४ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म पाँच हजार २१५ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *