पाँचथरमा थप दुई साताका लागि निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ  ४ गते।

पाँचथरमा थप दुई साताका लागि निषेधाज्ञा घोषणा गरिएको छ । नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण जिल्लामा निकै तीव्ररूपमा फैलिँदै गएको भन्दै सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को अधिकार तथा मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रमुख जिल्ला अधिकारी ढकालले मध्यरात १२ बजेदेखि यही जेठ १७ गते मध्यरातसम्मका लागि निषेधाज्ञाको आदेश जारी गर्नुभएको हो । गत वैशाख २७ गते जारी भएको निषेधाज्ञाको समय गएराति सकिएको थियो ।

निषेधाज्ञाअनुसार सर्वसाधारणले अत्यावाश्यक काम तथा औषधि उपचारको प्रबन्धका लागि मात्रै घरबाहिर निस्कन पाउनेछन् । यस अवधिमा अन्य कुनै पनि भीडभाड हुने गतिविधि गर्न रोक लगाइएको छ । सरकारी कार्यालयलाई अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवा स्थगन गर्न निर्देशन दिइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाले सातामा तीन दिन मात्रै सेवा दिन पाउने भएका छन् । सहकारी तथा वित्तीय संस्थाले घरघरमा गई रकम सङ्लन गर्ने कार्यसमेत बन्द हुने भएको छ ।

व्यापार व्यवसायतर्फ फलफूल, दूध तथा दुग्धजन्य पदार्थ र सागसब्जी बिक्री गर्ने पसल सबै दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *