बंगालको खाडीबाट शक्तिशाली चक्रवात आउदै, चक्रवातको असर नेपालमा समेत पर्ने सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १० गते।

बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबार सम्ममा धेरै शक्तिशाली चक्रवात आउने जल तथा मौसम विभागले जनाएको छ ।

चक्रवातको असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले सोमबार जारी गरेको विशेष बुलेटिनमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । यस्तै उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ । 

मंगलबार अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली–पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात–वर्षा को सम्भावना रहेको छ। तसर्थ उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केही दिनसम्मका लागी पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ ’, विभागको विशेष बुलेटिनमा भनिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *