अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ १७ गते।
चीन सरकारले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप लिन आज नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ ।
चीन सरकारले दोस्रोपटक अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन निगमको जहाज त्यसतर्फ जाने भएको हो ।
वाइड बडी जहाज सोमबार राति काठमाडौंबाट बेइजिङका लागि उड्ने र मंगलबार अपराह्न २ बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिनुभयो ।
चिनियाँ समकक्षी सी जिनफिङले नेपाललाई आकस्मिक प्रयोगका लागि १० लाख चिनियाँ खोप अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।
जसमध्ये मंगलबार ८ लाख डोज खोप नेपाल एयरलाइन्सले ल्याउने तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।