अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता,जेठ १८ गते।
कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलँदै गएपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले सर्लाहीमा पुनः सात दिनका लागि अर्थात जेठ २५ गते मध्यरातसम्म निषेधाज्ञा आदेश थपेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले जेठ १७ गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई जेठ २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।
जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ ।
निषेधाज्ञा अवधीभर अत्यावश्यक सेवा अन्तर्गत एम्बुलेन्स, शववाहन, खाद्य सामग्री/औषधी/कुखुराको चल्ला/पशुपंक्षीको दाना/पानी/दुध/इन्धन/फलफूल तथा तरकारी बोकेका सवारी साधनहरु, निर्माण सामग्री ढुवानीका सवारी साधन, सरकारी नम्बर प्लेटको दुई पांग्रे र चार पांग्रे सवारी साधन, झण्डाबाहक , कुटनीतिक नियोग, प्रेस पास प्राप्त सवारी साधनहरु चलाउन पाईने छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचय पत्र लगाएर हिँड्ने कर्मचार सवार भएका सवारी साधन, वैवाहिक कार्यक्रममा दुलाहा दुलही सवार दुईवटा सवारी समेत गरी बढीमा १५ जना जन्ती मात्र बोकेको सवारी साधन चलाउन पाईनेछ ।