अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ २० गते।
सिकार खेल्ने क्रममा आफ्नो साथि केराबारी ३ का हस्तबुमार राईको हत्या गरि फरार रहेको चार जनालाई मोरङको केराबारी गाँउपालिकाबाट प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ ।
केराबारी गाउँपालिका ३ का ४४ वर्षीय डीकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका १ का १९ वर्षीय विपन लिम्बु पक्राउ परेका हुन् ।
मृतक राइ सहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनमा शिकार खेल्न गएकोमा जेठ ८ गते राजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर हस्तबहादुर राईको मृत्यु भएको थियो ।
राइको मृत्यु पछि उनलाई छोडेर सवै जना त्याँहाबाट फरार भएका थिए । घटना स्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको थियो ।
घटना पछि तुरुन्तै फरार रुबिन लिम्बु र गजेन्द्रबहादुर राईलाई उनिहरुको घरबाट प्रह्रीले पक्राउ गरेको थियो भने अन्य ४ जनालाई बुधबार पक्राउ गरेको मोरङ प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।