मकवानपुरमा पुनः थपिए एक साता निषेधाज्ञा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३० गते।

मकवानपुरमा पुनः एक साता निषेधाज्ञा थपिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरमा थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

उक्त निर्णयअनुसार आगामी असार ६ गतेसम्म निषेधाज्ञा जारी भएको छ । 

कोरोना संक्रमणको उच्च दरलाई नियन्त्रणका लागि संकट व्यवस्थापन केन्द्र मकवानपुरले जारी गरेको निषेधाज्ञालाई आजको बैठकले केही खुकुलो बनाउने निर्णय गरेको छ । 

बैठकको निर्णयअनुसार मकवानपुरमा अत्यावश्यक खाद्यान्न, तरकारी, माछा मासु पसलहरु बिहान ४ बजेदेखि १० बजेसम्म खुल्ने छन् । बैठकले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमित रुपमा दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कारोवार सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले जिल्लामा सञ्चालनमा रहेको पुस्तक तथा स्टेशनरी पसलहरु पनि बिहान १० बजेसम्म खोल्न पाइने बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *