एसइईको नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,जेठ ३१ गते।

एसइईको नतिजा राष्ट्रिय परीक्षा बोर्डले साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ ।

असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन दिएको बोर्डले कुनै अवरोध नभए साउन १५ भित्र नतिजा सार्वजनिक गर्नेगरी काम सुरु गरेको बोर्डलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको हो ।

बोर्डले विद्यार्थीको आन्तरिक मूल्याङ्न गर्न मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाउँदै विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जना सम्मिलित पाँच सदस्यीय समिति बनाएर उनीहरुले गरेको हस्ताक्षरसहितको अन्तिम मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *