सर्लाहीको त्रिभूवननगरबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार ११ गते।

सर्लाहीको त्रिभूवननगरबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

बोर्डर आउट पोष्ट बिओपी त्रिभूवननगरबाट बिहीबार गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले ब्रह्मपुरी गाउँपालिका -४, त्रिभूवननगर शेखटोलबाट भारतको भलुवाहा ग्राम पन्चायत वडा नं- ११ बस्ने ४५ वर्षीय सन्जय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चमि ग्राम पन्चायत वडा नं-५, लक्ष्मीपुर बस्ने ४० वर्षीय उमाशंकर महतोलाई हतियारसहित पक्राउ गरेको हो। उनीहरुको साथबाट मेडइन इटाली लेखिएको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान म्यागजिन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। बआिर ३० एन २०३४ नम्वरको मोटरसाइकलमा उनीहरुलाई शंका लागेर रोकी खानतलासी गर्ने क्रममा झोलामा लुकाएर बोकेको हतियार बरामद भएको हो।

पक्राउ परेका दुवै भारतीयलाई थप अनुसन्धान तथा कारवाहीका लाग जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *