अनलाईन न्युजपाटी संजु छत्कुली ,बिरगंज,समाचारदाता,असार १७ गते।
पर्सा प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विकार राज्य मोतिहारी जिल्ला रक्सौल थाना हरैया पञ्चायत वडा नम्बर ५ निवासी ३५ वर्षीय मन्टु पण्डित कुम्हाल रहेका छन् ।
प्रहरीले उनलाई नेपाल-भारत सिमा नजिकै अवस्थित एकीकृत जाँच चौकी (आईसीपी) बाट हिडिरहेको अवस्थामा शङ्का लागेपछि रोकेर रितिपूर्वक खानतलासी उनले आफ्नो खल्तीमा लुकाएर राखेको ५ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालका अनुसार कुम्हाललाई प्रहरीले रोकेर चेकजाँच गर्दा उनले लगाएको पाईन्टको दाहिने खल्तीमा लुकाइछिपाई राखिएको लागूऔषध ब्राउन सुगर बरामद गरिएको थियो ।
कुम्हाललाई प्रहरीले नियन्त्रणमा राखेर लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको डिएसपी खनालले बताए ।