अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, भदौ २३ गते
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:
आजको दिन तपाईंका लागि विशेष उपलब्धि रहनेछ। रोकिएका कार्यहरूले तीव्रता पाउनेछन् भने आर्थिक पक्ष सुदृढ बन्नेछ। परिवारका सदस्यहरूको पूर्ण सहयोग प्राप्त हुनेछ र स्वास्थ्य पनि पूर्ण अनुकूल रहनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :
तपाईंको बोलीको प्रभावले महत्त्वपूर्ण कामहरू बन्नेछन्। पारिवारिक सुख र शान्तिको वातावरण कायम रहनेछ। व्यापार व्यवसायमा अपेक्षकृतरूपमा राम्रो आम्दानी हुनेछ भने खानपानमा विशेष ध्यान दिनुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:
आत्मविश्वास र पराक्रममा अभूतपूर्व बृद्धि हुनेछ। नयाँ कार्यको थालनी गर्नका लागि आजको समय अति उत्तम रहेको छ। कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ र साथीभाइको साथ रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :
अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने चुनौती रहन सक्छ। वैदेशिक क्षेत्र वा टाढाको यात्रामा केही कठिनाइ आउन सक्छ। स्वास्थ्य प्रति सचेत रहँदै धैर्यता अपनाउँदा समस्याहरू स्वतः समाधान हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :
आयस्रोतका नयाँ बाटोहरू खुल्नेछन्। आफन्त तथा मित्रहरूको भरपूर सहयोगले अधुरा कामहरू समयमै सम्पन्न हुनेछन्। समाजमा मानप्रतिष्ठा बढ्नेछ र दाम्पत्य जीवन सुखमय रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) #Virgo :
कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी र कार्यकुशलताको उच्च कदर हुनेछ। उच्च पदस्थ व्यक्तिको सहयोगले नयाँ अवसरहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति गर्ने सुनौलो समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :
भाग्यले पूर्ण रूपमा साथ दिने हुनाले धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ। लामो दूरीको यात्रा वा वैदेशिक यात्राको सम्भावना बलियो छ। भाग्योन्नति हुने नयाँ अवसरहरू प्राप्त हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:
स्वास्थ्यमा केही सामान्य उतारचढाव देखा पर्न सक्नेछ। सवारी साधन चलाउँदा वा खानपानमा विशेष सावधानी अपनाउनु होला। गोप्य शत्रुहरूबाट सतर्क रहनु बुद्धिमानी हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :
साझेदारी व्यवसायमा ठूलो सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मिठास छाउनेछ र अविवाहितहरूको प्रेम विवाहको कुरा अगाडि बढ्न सक्छ। मनोरञ्जनात्मक कार्यमा समय बित्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :
तर्कशक्ति र पराक्रमद्वारा विरोधीहरू परास्त हुनेछन्। पुराना रोग तथा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। पुराना ऋण वा आर्थिक दायित्वहरू चुक्ता गर्ने अनुकूल समय रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:
बौद्धिक कार्य तथा सिर्जनात्मक क्षेत्रमा विशेष सफलता हासिल हुनेछ। सन्तान पक्षबाट खुसीको खबर सुन्न पाइनेछ। शेयर बजार वा बौद्धिक लगानीबाट राम्रो फाइदा मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :
घरपरिवारमा सुखशान्तिको वातावरण छाउनेछ। जग्गाजमिन वा भौतिक सम्पत्तिको कारोबारबाट राम्रो लाभ लिन सकिनेछ। मातापिताको आशीर्वादले ठूलो काम बन्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।