काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो, मंगलबारदेखि जोर बिजोर प्रणाली पनि हट्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २० गते।

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप खुकुलो हुने भएको छ

कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लागू गरिएको जोर–विजोर प्रणाली हटाइने भएको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आगामी मंगलबारदेखि लागू हुने गरी जारी निषेधाज्ञा आदेशमा जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । 

त्यस्तै यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएको थियो भने अब माइक्रो, टेम्पोसमेत चल्न पाउने भएका छन् ।

साथै काठमाडौ उपत्यका छिर्नलाई स्थानीय प्रशासनको पास अनिवार्य चाहिने र उपत्यका छोड्दा पनि रिसिभ पास अनिवार्य चाहिने छ ।  लामो दुरीका सवारी साधन नचल्ने गरी निषेधाज्ञा खुकुलो बनाएको र जारी निषेधाज्ञा आगामी असार ३१ गतेसम्म थप्ने निर्णय भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *