अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २१ गते।
युरोकप २०२० र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
एसपी कोइरालाका अनुसार पक्राउ पर्नेमा काठमाडौंका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ४७ वर्षीय जीवन लामा, पर्सा वीरगञ्ज नगरपालिका–७ घर भई कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल, चितवन खैरहनी नगरपालिका–५ घर भई धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, विराटनगर–७ घर भई हाल मरूटोलका ४६ वर्षीय अमरनाथ गुप्ता छन् ।
यस्तै, पक्राउ पर्ने भारतीय नागरिकमा बिहार पूर्वी चम्पारण रक्सौलका ४६ वर्षीय अशोककुमार गुप्ता, भारत हरियाना विवरनी घर भएका ४९ वर्षीय राजेशकुमार अग्रवाल र राजस्थान झुनझुन जिल्लाका ३३ वर्षीय सुचित डालमिया अग्रवाल पक्राउ छन् ।