भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिमण्डल विस्तार गर्ने

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २३ गते।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्

दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् ।

मंगलबार चार राज्यको राज्यपाल परिर्वतन गरिएपछि मन्त्रिमण्डल विस्तारको चर्चा थप चुलिएको थियो । नयाँ मन्त्रालय ‘मिनिस्ट्री अफ को–अपरेसन’ बनाइएपछि त मन्त्रिमण्डल विस्तार हुने पक्कापक्की बनेको थियो । बुधबार दूरदर्शन न्यूजले ट्वीट गर्दै साँझ ६ बजे सपथको समय तोकिएको जानकारी दिएपछि सबै अनुमानमा विराम लाग्यो ।

भारतीय मिडियाका अनुसार सत्ता समीकरणमा ध्यानमा राख्दै मन्त्रिमण्डल विस्तार गर्न लागिएको छ । हालसम्म २४ जनाको नाम फाइनल भएको दैनिक भास्करले उल्लेख गरेको छ ।

बीबीसी हिन्दीका अनुसार केन्द्रीय मन्त्रिमण्डलमा हाल ५० भन्दा धेरै मन्त्री रहेका छन् । लोकसभा सिटअनुसार क्याबिनेट ८१ सदस्यीयसम्म बनाउन सकिनेछ । त्यही भएर करिब २ दर्जन नयाँ मन्त्रीहरु थपिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *