पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २८ गते।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ

आज विहान इच्छाकामना गाँउपालिका ६ कालिखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अबरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो नखुल्ने समयसम्म धेर्य गरेर आफ्नो लेनमा बसिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । यो सडकखण्डमा एक महिनाको अवधिमा दर्जनबढि पहिरो खस्दा पटक पटक अबरुद्ध भएको छ ।

पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *