अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असार २८ गते।
कोभ्याक्सअन्तर्गतको कोरोना भाइरसविरुद्धको १५ लाख डोज अमेरिकी खोप आज नेपाल आइ पुग्दै छ।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनको खोप खोप आज विहान नेपाल आइ पुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन्। आज आउने खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राजदूत र्याण्डी बेरीले हस्तान्तरण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोग अन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो।
अमेरिकाका लागि नेपालका राजदूत डाक्टर युवराज खतिवडाले महा विपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए। खतिवडाका अनुसार राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गरेको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताएका थिए।