अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असार २८ गते।
झापाको बिर्तामोडमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् ।
विर्तामोड–५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको हो ।
आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपीले बताए ।
बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।