विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष रोकिराखेको मोटरसाइकलमा मृत अवस्थामा फेला

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,साउन ५ गते।

विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष रोकिराखेको मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् ।

को ४प  २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ति विराटनगर–५ मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने रहेको बताइएको छ। 

शव भेटिएपछि प्रहरीले पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर लगिएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *