दमकमा सोमबार बिहानदेखि लकडाउन हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १० गते।

दमकमा सोमबार बिहानदेखि लकडाउन हुने भएको छ।

कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले साउन ११ गते बिहान ४ बजेदेखि साउन १७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय भएको हो।

दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले कोरोना सङ्क्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय भएको बताए ।

दमकमा मानिसको आउजाउ पूर्ण रूपमा बन्द गरिने छ, उनले भने, राजमार्ग बाहेक अन्त सवारीसाधन चल्न पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *