अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन २५ गते।
बंगलादेशमा कयौँ मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसलहरु तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेका छ ।
हिन्दू समुदायका स्थानीयका अनुसार चार वटा मन्दिरमा तोडफोड गर्नुका साथै मुर्तिहरु भत्काइएको छ ।
यद्यपि, प्रहरीले कतिवटा मन्दिरमा क्षति पुगेको भन्नेबारे पुष्टि गरेको छैन । स्थानीय प्रशासनले मन्दिरमा तोडफोड भएको विषयमा शनिबार राति उजुरी दर्ता गरिएको र त्यसैका आधारमा गिरफ्तारी गरिएको जानकारी दिएको छ । प्रहरीले कुन धारा अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो भन्ने बारे पनि खुलाएको छैन ।