आज थपिए ३ हजार ६५१ जना कोरोना संक्रमित, कुल संख्या ७ लाख ८७ हजार ६पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २५ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ३ हजार ६५१ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ७ लाख ८७ हजार ६पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म निको हुनेको संख्या ६ लाख ७१ हजार ८३जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थप २२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *