स्थगित गरिएको कक्षा १२ को परीक्षा सञ्चालन गराउन समितिको निर्देशन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ८ गते।

स्थगित गरिएको कक्षा १२ को परीक्षा सञ्चालन गराउन संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ ।

आज (मंगलबार) बसेको समितिको बैठकले उक्त परीक्षा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै गराउन निर्देशन दिएको हो ।

कोभिड संक्रमणको जाेखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।

समितिबा आबद्ध सांसदहरुले शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर आवश्यक मापदण्ड अपनाई उक्त परीक्षा तत्काल सञ्चालन गराउनुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *