अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ९ गते।
आजदेखि केही दिनसम्म भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार नेपालको पूर्वी तराई क्षेत्रनजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण एक–दुई दिन अगाडीबाटै नेपालमा मनसुन केही सक्रिय छ। आज रातिबाट त्यो रेखा अझ नजिक आउने र केही दिनसम्म रहने सम्भावना छ।
प्रणालीका कारण देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा झरी को सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमाती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,२, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।
मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।