आफ्नै श्रीमती र बुवाको हत्या गर्ने मानिस पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ ९ गते।

आफ्नै श्रीमती र बुवाको हत्या गर्ने मानिस पक्राउ परेका छन्

मिथिला बिहारी–५ ललियाका ३५ वर्षीय भागेश्वर मण्डलले ३० वर्षीया श्रीमती अमृता कुमारी मण्डल र ५५ वर्षीय वुबा रामवृक्ष मण्डललाई डोरीले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए । ‘हत्या गरी घर नजिकै छिमेकी रामनाथ मण्डलको आँप बगैचामा तीन फिट गहिरो खाल्डोमा शव गाडेको अवस्थामा फेला परेको हो’ बस्नेतले भने, शव गाडेको खुलासा अभियुक्तले नै गरेका हुन् । सोमबार मध्यराती घरायसी विवादमा फरुवा र लाठीले कुटपिट गरी युवकले श्रीमती र बुवाको डोरीले घाँटी कसेर हत्या गरेको बस्नेतले बताए । एउटै खाल्डोमा बुहारी र ससुराको शव गाडेको अवस्थामा फेला परेको थियो । श्रीमती र बुवाको हत्या आरोपमा भागेश्वरलाई पक्राउ गरिएको उनले जनाए । ‘कुटपिटपछि घाइते श्रीमती र बुवालाई डोरीले घाटी कसेर हत्या गरिएको छ ’डीएसपी बस्नेतले भने ,‘श्रीमती र बुवाको हत्या गरेका छोराले मध्यरातमै छिमेकीको बगैचामा कोदालो लिएर खाल्डो खनेर शव गाडेका थिए ।’ खाल्डोमा शव गाडेर हत्याको घटना लुकाउने प्रयास मण्डलले गरेको उनले बताए । मण्डल मंगलबार बिहान घरमै झोक्राएर बसेको अवस्थामा २ जना छोराछोरी रोइकराई गरिरहेका थिए ।

निकै बेरदेखि बच्चा कराई रहेको देखेर स्थानिय घरमा पुग्दा हत्या भएको घटना सार्वजनिक भएको थियो । हत्या बारे स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगतै घरमा पुगेका प्रहरीलाई प्रारम्भिक अनुसन्धानकै क्रममा श्रीमती र वुबालाई हत्या गरेर गाडेको भागेश्वरले स्वीकारेको डीएसपी बस्नेतले बताए । घटनास्थल नजिकैबाट हत्या गर्न प्रयोग भएको डोरी र खाल्डो खन्न प्रयोग भएको कोदालो समेत प्रहरीले बरामद गरेको छ ।

विदेशमा रहेको बेला पिता र पत्नीबीच अबैध सम्बन्ध स्थापित भएको मण्डलको आशंका बढदै गएर हत्याको परिणाम सम्म पुगेको हुन सक्ने स्थानीय बासिन्दाहरुको अनुमान छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *