अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ९ गते।
भेरोसेल खोपको दोस्रो डोज काठमाडौँमा अब शुक्रबारबाट दिइने भएको छ ।
यसअघि स्वास्थ्य कार्यालय काठमाडौंले भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका केही हेरफेर भएको स्वास्थ्य प्रमुखले बताए ।
भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने उनले बताए ।