आज थपिए २ हजार ४८२ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ३४ हजार ४५०पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ९ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ हजार ४८२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ३४ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ०३ हजार ९६४जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा थप ४४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *