अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ९ गते।
नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका भारतले खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
उत्तराखण्डमा रहेको उक्त जलविद्युत परियोजना सफाइका लागि बिहीबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा बिहान ७ देखि बेलुका ७ बजेसम्म माटो, वालुवालगायतका वस्तु जम्मा भएकाले सफाइ प्रयोजनका लागि ढोका खोलिने जानकारी प्राप्त भएको उल्लेख छ ।
महाकाली नदीमा सो समयमा जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन प्रजिअले अपिल गरेका छन् ।