अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,भदौ १० गते।
नेपालमा मनसुनको न्युन चापिय रेखा का कारण हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम खालको भइरहेको छ।
आज दिन भरदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
आगामी २४ घण्टाका लागि जल तथा मौसम विज्ञान विभागको चेतावनी
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरु र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।