अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,भदौ १० गते।
अमेरिका र बेलायतले आफ्ना नागरिकहरुलाई सुरक्षा जोखिमका कारण काबुल विमानस्थलमा नजान चेतावनी दिएका छन्।
बुधबार दुबै देशले काबुल विमानस्थल बाहिर र भित्र रहेका हजारौं नागरिकहरुलाई अलर्ट जारी गरी आफ्नो देश फर्कने प्रतीक्षामा छन्।
पछिल्ला १० दिनहरुमा ८२,००० मानिसहरुलाई काबुलबाट निकालीएको छ, ३१ अगस्त सम्म यी देशहरु अफगानिस्तानलाई निकाल्ने प्रयासमा छन्।
अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनका अनुसार तालिबानले ३१ अगस्ट भन्दा बाहिर निकासी अवधि बढाउने माग अस्वीकार गरेको छ, तर ३१ अगस्ट पछि पनि विदेशी र अफगानिस्तानका नागरिकहरु देश छोड्न सक्ने छन्।
यस अघि, बेलायतले यस्तै चेतावनी जारी गरी मानिसहरुलाई “सुरक्षित ठाउँमा सर्न र थप सल्लाहको लागी प्रतिक्षा गर्न आग्रह गरेको छ।
मंगलबार एक सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बिडेनले भने कि इस्लामिक स्टेट समूहको अफगानिस्तानमा खतरा बढ्दै गएपछि अमेरिकाले चाँडै नै आफ्नो एयरलिफ्ट प्रक्रिया पूरा गर्ने छ।
अफगानिस्तानबाट पछिल्लो २४ घण्टामा १९००० हजार मानिसहरुलाई अमेरिकी उडानहरुबाट सुरक्षित रुपमा बाहिर निकालिएको छ।