अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ १० गते।
जनकपुरकी एसीड पीडित आरती साहलाई प्रदेश २ सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भए बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।
पतिबाट सम्बन्ध खराब भएपछि माइत जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ मा रहेको बेला आरतीलाई पति संजिवले एसिड प्रहार गरेका थिए । एसीड आक्रमणबाट घाइते भएकी आरतीको बायाँ आँखा, कान गुमेको छ भने आधा अनुहार, शरीर र हात जलेको छ ।
उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।