अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १० गते।
कास्की जिल्लामा निषेधाज्ञा एक साता थपिएको छ ।
भदौ १० गते राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा यसअघि भदौ ३ गते जारी निषेधाज्ञामा जस्तै जोर-बिजोर प्रणाली लागू गरिएको छ ।
यससँगै जोर गते जोर नम्बरका सवारीसाधन तथा बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर-बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ ।

जिल्लामा यसअघि निषेधाज्ञा जारी गरि बन्द रहेका सेवा व्यवसायहरुमा पुन: एक साता बन्देज लगाइएको छ ।
विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ । मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ ।