अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १० गते।
प्रदेश–१ को मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त हुनुभएको छ ।
राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
केही बेरअघि उहाँको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्षले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराउनु भएको हो ।
आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।