रामधुनीमा रहेको म्याजिक सिनेमा हलमा भिषण आगलागी

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,भदौ १२ गते।

रामधुनीमा रहेको म्याजिक सिनेमा हलमा भिषण आगलागी भएको छ ।

शनिवार बिहानै करिब ८ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो ।

म्याजिक सिनेमा हलमा लागेको आगो नियन्त्रणको लागी ६ वटा दमकलले निभाउने प्रयास गरिरहेका छन् ।

आगलागी नियन्त्रणका लागि कोसी गाउँपालिका, इनरुवाका, इटहरी उपमहानगरपालिका, वराहक्षेत्र नगरपालिका, दुहबी नगरपालिका र धरान उपमाहानगरपालीकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *