दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १२ गते।

दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । 

यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो ।

कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *