वैशाखदेखि बन्द भएको लाइसेन्सको परीक्षा भदौ २० देखि सुरु हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १३ गते।

वैशाखदेखि बन्द भएको लाइसेन्सको परीक्षा भदौ २० देखि सुरु हुने भएको छ।

भदौ १० गते स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गर्दै लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पत्र यातायात व्यवस्था विभागले काटेको थियो।

यातायात कार्यालयले सूचना जारी गर्दै प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरु सहभागी हुन पाउनेछन्।

लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थी, प्रयोगात्मक परीक्षमा अनुत्तीर्ण भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थीहरु र कार्यालयमा उपस्थित भई वर्ग थपको लाग राजस्व बुझाइसकेका सेवाग्राहीले परीक्षामा सहभागी हुने भएका छन्।

यातायात कार्यालय ललितपुरले २० गतेदेखि सुरु गरेको छ भने अन्य यातायात कार्यालयले पनि सूचना जारी गर्ने तयारी गरेका छन्। विभागले उनीहरुलाई सूचना जारी गर्न पत्र काटिसकेको छ।

लाइसेन्स परीक्षाको लागि चार लाख बढीले अनलाइन आवेदन दिइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *