अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १७ गते।
कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको परीक्षा भदौ ३० गतेदेखि सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।

बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।
परीक्षा असोज ८ गतेसम्म सञ्चालन हुनेछ । सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियान समेत सञ्चालन गरिसकेको थियो ।