नेपाली सेनामा ४ हजार सङ्ख्यामा सैन्य पदमा भर्ना खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।

नेपाली सेनाले चार हजार जनाका लागि जागिर खुलाएको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले विभिन्न स्थानमा ४ हजार सङ्ख्यामा सैन्य पदको दरखास्त आह्वान गरेको हो ।

जसअन्तर्गत खुलातर्फ २०९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त/मृत्यु भएका नेपाली सेनाका सन्तति १०८, महिला ३६०, आदिवासी/जनजाति ५७३,  मधेसी ५०५, दलित २७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ।  

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने छ।

१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले असोज २४ गतेसम्म आवेदन दिन सक्ने सेनाले जनाएको छ। आठ कक्षा उत्तीर्णले  आवेदन दिन पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *