अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।
चन्द्रागिरि केबलकार शनिबार देखि सञ्चालनमा आउने भएको छ ।
शनिबारदेखि नियमित रुपमा केबलकार सञ्चालन गर्न लागेको चन्द्रागिरि हिल्सका महाप्रबन्धकले जानकारी दिएका छन् ।
‘कोभिड–१९ को कारणले बन्द भएको केबलकार तथा रेष्टुरेन्ट लगायतका सेवा भदौ १९ गतेदेखि स्वास्थ सुरक्षा मापदण्डका साथ पुनः सञ्चालन हुनेछन्,’ महाप्रबन्धकले भने ।
केवलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकहरूलाई कम्पनीले स्वास्थ सुरक्षाका नियम अनिवार्य पालना गरिदिन समेत अनुरोध गरेको छ ।
पौराणिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न भारत लगायत देशहरूबाट समेत चन्द्रागिरि पुग्ने गरेका छन् ।
कम्पनीका महाप्रबन्धकले नेपालकै उच्च स्थान चन्द्रागिरि हिल्समा जिप लाईन समेत भोलीबाट सुभारम्भ गर्ने भएको छ ।