सल्यानमा बस दुर्घटना हुँदा १५ जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १८ गते।

सल्यानको कपुरकोट सोलावाङ्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बस सल्यानको कपुरकोट गाउँपालिका –३ मूलपानी भन्ने स्थानमा शुक्रबार दिउँसो दुर्घटना भएको हो। 

दाङबाट रुकुम पश्चिमतर्फ जाँदै गरेको राप्ती यातायात समितिको रा १ ख १७९२ नम्बरको बस सडकको  भित्तामा ठोक्किएर दुर्घटना भएको  सल्यान प्रहरीले जानकारी दिएको छ। 

घाइतेहरूलाई उपचारका लागि राप्ती क्षेत्रीय अस्पताल दाङ पठाउने क्रम जारी रहेको कपुरकोट प्रहरी चौकीका इन्चार्जले बताउनुभयो । उहाँका अनुसार गाडीमा २८  यात्रु सवार रहेका थिए । घाइतेहरूको थप विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *