प्रदेश २ मा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोगको अध्यक्षमा राम सहाय यादव नियुक्त

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ २२ गते।

प्रदेश २ मा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोगको अध्यक्षमा राम सहाय यादवलाई नियुक्त गरेको छ ।

अध्यक्ष सहित तीन सदस्यीय रहेको उक्त आयोगमा नव नियुक्त अध्यक्ष राम सहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।

आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *