इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज सोमबार भाषा परीक्षा हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २८ गते।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न आज सोमबार भाषा परीक्षा हुँदै छ। दिउँसो १ बजेबाट एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुन पाउने छन्।

साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन लिइएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने छनोट भएका हुन्।

परीक्षा काठमाडौं उपत्यकाका २० वटा केन्द्रमा सञ्चालन हुने वैदेशिक रोजगार विभागका प्रवक्ता तथा निर्देशक कमल ज्ञवालीले जानकारी दिए।

परीक्षामा सहभागी हुनेलाई विभागले इमेलमा नै प्रवेश पत्र पठाइसकेको छ। यस्तै परीक्षा केन्द्र पनि इमेलबाटै जानकारी गराइसकेको निर्देशक ज्ञवालीले बताए।

परीक्षामा सहभागी हुनका लागि आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ।
हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने तथा
स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *